सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विप्लव माओवादीको प्रदर्शन

शनिबार, ३० जेष्ठ २०८३

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले सीमा समस्याबारे दिएको विवादित अभिव्यक्तिविरुद्ध नेकपा माओवादीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री बालेको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दैमाओवादीका कार्यकर्ताले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले सुस्ताका देशभक्त नेपालीहरूलाई राज्यले सम्मान दिनुपर्ने, सीमाको रक्षाका लागि सरकार गम्भीर हुनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर, सुस्तामा भारतीयको हस्तक्षेपको प्रतिरोध गरौं, भौगोलिक अखण्डताको रक्षा गरौं लगायतका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

यस्तै, माओवादीले सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्री बालेनले माफी माग्नुपर्ने माग पनि राखेको छ ।