१०० दिनको भिडन्तपछि इरान युद्ध अन्त्य गर्ने सहमति

सोमबार, १ असार २०८३

काठमाडौँ – विगत १०० दिनभन्दा लामो समयदेखि जारी भीषण युद्धलाई समाप्त गर्दै अमेरिका र इरान आगामी शुक्रबार एक ऐतिहासिक ुशान्ति सम्झौताुमा हस्ताक्षर गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी शुक्रबार दुई देशबीच औपचारिक सम्झौता हुने घोषणा गरेका हुन्, जसलाई इरानले पनि पुष्टि गरेको छ ।

मध्यस्थकर्ताहरू र दुवै पक्षका अनुसार ऐतिहासिक सम्झौतामा युद्धविराम, सैन्य नाकाबन्दीको अन्त्य र रोक्का गरिएका वित्तीय सम्पत्तिको फुकुवाजस्ता महत्त्वपूर्ण विषयहरू समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

युद्धविरामको सुखद खबर सबैभन्दा पहिले वासिङ्टन र तेहरानबीच अप्रत्यक्ष वार्ताको मध्यस्थता गरिरहेको देश पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले आइतबार सामाजिक सञ्जाल ुएक्सु ९ट्विटर०मार्फत सार्वजनिक गरेका थिए । सरिफले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही पूर्ण र स्थायी रूपमा बन्द गर्ने सहमति भएको जानकारी दिए।

त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल ुट्रुथ सोसलुमा पोस्ट गर्दै यसको पुष्टि गरे। उनले लेखेका छन्, ुइस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूर्ण भएको छ।’

ट्रम्पका अनुसार सम्झौताले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गलाई विनाकुनै महसुल पूर्ण रूपमा खुला गर्ने अनुमति दिनेछ र यसको बदलामा अमेरिकाले पनि इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी तुरुन्तै हटाउनेछ।

यसअघि ट्रम्पले ‘द वासिङ्टन पोस्टुसँग कुरा गर्दै आफूले इरानसँगको सम्झौताको घोषणा चाँडै गर्न लागेको बताएका थिए । पत्रिकाका अनुसार उक्त सम्झौतामा उनी आफैँले वा उपराष्ट्रपति जेडी भान्सले इलेक्ट्रोनिक माध्यमबाट (डिजिटल्ली) हस्ताक्षर गर्ने योजना बनाएका छन् । पछि ‘द न्युयोर्क टाइम्सु सँगको अन्तर्वार्तामा ट्रम्पले मध्यपूर्व क्षेत्रको कुल राजस्वको २० प्रतिशत हिस्सा अमेरिकालाई दिने सर्तमा अमेरिकाले पुनः सैन्य परिचालन गर्न सक्ने वा मध्यपूर्वको संरक्षक बन्न सक्ने विवादास्पद टिप्पणी समेत गरेका थिए । यद्यपि यो अन्तर्वार्ता सम्झौताको औपचारिक घोषणा हुनुअघि वा पछि लिइएको हो भन्ने कुरा स्पष्ट भइसकेको छैन।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र राष्ट्रिय सुरक्षा टोलीका वरिष्ठ सदस्यहरूले यस कदमको स्वागत गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो घोषणा राष्ट्रपतिको जन्मदिनकै अवसरमा परेको भन्दै ट्रम्पलाई बधाई दिएका छन् । उनले एक्समा लेखेका छन्, ‘अमेरिका यस्तो अविश्वसनीय साहस, अद्वितीय शक्ति, अद्भुत हास्यचेत र देशप्रतिको अगाध प्रेम भएको नेता पाउनुमा भाग्यमानी छ। जन्मदिनको शुभकामना, मिस्टर प्रेसिडेन्ट !’

त्यस्तै, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यो घोषित युद्धविरामले मध्यपूर्वमा एक नयाँ युगको शुरूआत गर्ने विश्वास व्यक्त गरे। ुफक्स न्युजुलाई दिएको अन्तर्वार्तामा भान्सले खाडी मुलुकहरू र अन्य क्षेत्रीय साझेदारहरूसँग ट्रम्पले गरेको कुशल कूटनीतिको श्रेय दिँदै भने, ‘राष्ट्रपतिले त्यो क्षेत्रलाई रूपान्तरण गर्ने वास्तविक आधार तयार गर्नुभएको छ र अब इरानीहरूसँग नयाँ युगको शुरूआत हुने आशा छ।’ यसका साथै उनले अमेरिकाको केन्द्रीय उद्देश्य दोहोर्‍याउँदै इरानले कहिल्यै पनि आणविक हतियार बनाउन नसक्ने कुरामा अमेरिका विश्वस्त रहेको दाबी गरे।

इरानका तर्फबाट कानुनी तथा अन्तर्राष्ट्रिय मामिलाका उप–विदेशमन्त्री काजेम घारिबाबादीले सैन्य कारबाही छिट्टै अन्त्य हुन लागेको पुष्टि गरेका छन्। इरानको ुतस्निमु समाचार एजेन्सीका अनुसार घारिबाबादीले सोमबारदेखि लेबनानसहित विभिन्न मोर्चाहरूमा तत्काल र स्थायी रूपमा युद्ध अन्त्य हुने बताएका छन्।

उनले अन्तिम सम्झौताका लागि ६० दिनको कार्यअवधि तय गरिएको र यस अवधिमा अमेरिकाले आफ्ना प्रतिबद्धताहरू पूरा गरेरनगरेको इरानले सूक्ष्म रूपमा प्रमाणिकरण गर्ने बताए । अमेरिकाले युद्ध रोक्नुपर्ने, नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्नुपर्ने सर्तहरू सामेल छन् ।