५ जना प्रहरीले जोसमा होस गुमाउँदा खोरमा !

शनिबार, ११ साउन २०७६

काठमाडौं – लागुऔषध, पेस्तोल र गोलीसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले विशेष सूचनाको आधारमा कार्यालय मै कार्यरत प्रहरी जवानलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीमा दरबन्दी भई हाल धरानमा कार्यरत प्रहरी जवान दीपककुमार तामाङ, धरान–८ का ३४ वर्षीय दिलकुमार लिम्बु, ४० वर्षीय ओमबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

दिल कुमारले बोकेको झोला चेकजाँच गर्दा स्पास्मोप्रोक्सिभन २ सय ६४ ट्याब्लेट र स्पास्मोट्रोक्सिभन १ सय ३६ क्याप्सुल बरामद गरेको छ भने उक्त घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन धनकुटामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय इनरुवामा कार्यरत प्रहरी जवान सन्तोष तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर हेडक्वार्टर सुनसरीमा दरबन्दी भई सुरक्षा बेस गोलबजारमा कार्यरत सशस्त्र प्रहरी जवान जङ्गबहादुर श्रेष्ठ लागूऔषध र पेस्तोलसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुको विषयमा थप अनुसन्धान भईरहेको छ भने सुनसरी जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई पक्राउ परेका प्रहरी निलम्बनमा परेको प्रहरीले बताएको छ ।