प्रेरक प्रसंग : आत्मविश्वासको तागत, जसले कसैले नसोचेको सफलता प्राप्त गरे
काठमाडौं – कुनै पनि अवसर प्राप्त नभएको युवकले आफ्नो आत्मविश्वासको शक्तिले बाजी जित्न सफल भयो । ऊ प्रधानमन्त्री बन्यो र पच्चिस बर्षसम्म इङ्गल्याण्डको सर्वेसर्वा बनिरह्यो ।
इङ्गल्याण्डमा बेन्जामिन डिजरायली प्रधानमन्त्री (१८३९–८०) बने । उनी मध्यम वर्गिय व्यक्ति थिए । उनी विस्तारै मध्यवर्गबाट आफ्नो साहसले उच्च वर्गमा पुगे । उनी राजनीति तथा सामाजिक शक्तिको सबैभन्दा उच्च वर्गमा पुग्न सफल भए । कोही पनि उनको प्रतिद्वन्द्वी भएनन् ।
लोकसभामा आफ्नो प्रथम भाषणको लागि उभिदा उनको मुखबाट दुई शब्द मात्र निक्लन सक्यो । संसद् सदस्यले उनको उपहास ग¥यो र उनले आफ्नो त्यस असफलतालाई धिक्कारे । तर उनले उत्तरमा भने– ‘कुनै समयमा अवश्य पनि मेरो भाषणलाई उनीहरुले सुन्नेछन् ।’ पछि उनकोे त्यो दृढता सत्यतामा बदलियो । यसरी उनले प्रधानमन्त्री बनेर पच्चीस बर्षसम्म इङ्गल्याण्डको सर्वेसर्बा बनिरहे ।
बाइबलमा विभिन्न स्थानमा लेखिएका छन्– ‘आफ्नो विश्वास अनुसारकै परिणाम प्राप्त हुन्छ ।’ यस्तो कुनै कानुन छैन, जसद्वारा तपाईं सफलता प्राप्त गर्नुहोस् । तपाईंले आफूभित्र सच्चा मार्ग उत्पन्न गर्नुपर्दछ, आफूलाई विश्वास गर्नुपर्दछ । नत्र तपाईं अभीष्ट स्थानसम्म पुग्न सक्नुहुन्न । आफूप्रति विश्वास गर्नाले नै उच्च कामको लागि आधारशिला बन्नसक्छ । तपाईंलाई आफ्नो योग्यतामा विश्वास छ तथा उच्च काम सम्पन्न गर्न सक्नुहुन्छ भने आफ्नो बाहिरी तथा आन्तरीक शक्तिलाई क्रियाशिल बनाउनुहोस् । आफ्नो विचार तथा प्रयासको मुख आप्mनो आदर्श तर्फ मोड्नुहोस् । फेरी तपाईं असफल हुने कुनै कारण रहदैन ।
अमेरिकाको प्रख्यात राजनीतिज्ञ तथा धाराप्रवाह वक्ता श्री डेनियल वैवस्टरको वैयक्तिक सम्पति आत्मविश्वास थियो । उनले आफ्नो जिवनको प्रारम्भमा जूनियो ह्याम्पशायरको गुप्त न्यायलयको पन्ध्र सय डलर मासिक तलब प्राप्त हुने क्लर्क पदको लागि अस्वीकार गर्दा उनको बुबालाई ज्यादैै रिस पनि उठ्यो, साथै दुःख पनि लाग्यो । उनको पिताले विश्वविद्यालय छाडेपछि त्यस पदको लागि धेरै प्रयत्न गरेका थिए । त्यही पदमा रहेर काम गर्न पाउँदा छोराले भने अस्वीकार गरे । यसको कारण बताउँदै उनले भने– ‘म यो भन्दा बढी कमाउन चाहन्छु ।’
डार्टमाथ कलेजमा प्रवेश गर्दा उनी विल्कुल निर्धन थिए । तर यस्तो स्थितीमा जीवनयापन गर्दागर्दै पनि उनी आफ्नो इच्छित स्थानमा पुग्न सफल भए । उनको गहना संसारको महान् विभूतिमा गरिन्छ । प्रसिद्ध अङ्ग्रेज दार्शनिक र चिन्तक कार्लाइलले उनको बारेमा भनेका थिए – ‘समस्त संसारको मत उनको विरुद्धमा भएता पनि एक समझदार र जागरुक व्यक्ति उनको मतको समर्थन गर्न चाहन्छन ।’ आत्मविश्वासले उनलाई दरिद्रता र निर्धनताको अनन्त पीडाबाट मुक्ति दिलायो । उनलाई देशको सर्वश्रेष्ठ राजनितीक तथा कुटनीतीज्ञ बनाइदियो ।
हामीभित्र भएको विश्वासले अज्ञानलाई मार्दछ । विश्वासले हाम्रो बाहिरी आँखाले नदेख्ने कुरालाई देख्न सक्छ । त्यसले हामीलाई सम्भावनाको एक झलक देखाइदिन्छ, हामीलाई हतात्साहित हुन दिदैन, यही भन्दछ– ‘तिमी अगाडी बढ्, आफ्नो पाइला बढाऊ ।’
हाम्रो आत्मिक दृष्टिको विश्वास दृढ हुन्छ । त्यो भयभित हुँदैन । त्यसलाई आफ्नो बाटो थाहा हुन्छ । कठिनाई अगाडी आउँदा त्यसलाई समाधान पनि थाहा हुन्छ । जसको विश्वास पक्का हुन्छ , उसको लागि कुनै कठिनाइले मार्ग अवरुद्ध गर्न सक्तैन । उसले सबै काम गर्न सक्छ ।