प्रेरक प्रसंग : मलाई विश्वास थियो कि तिमि अवश्य आउने छौ !
काठमाडौं – बाल्यकालका दुईजना यस्ता साथीहरु थिए, स्कुलदेखि क्याम्पससम्म सँगै पढेर सेनामा भर्ना समेत पनि सँगै भएका थिए । युद्ध सुरु भयो दुवै जना एउटै युनिटमा थिए । एक दिनको रातीको समयमा उनीहरुमाथि हमला भएछ, चारैतिर गोलि बर्सिरहेको थियो ।
यस्तो अवस्थामा अध्यारो ठाउँबाट यस्तो आवाज आयो ‘हेरी यता आऊ, मेरो सहयोग गर’ हेरिले आफ्नो वाल्यकालको साथी बोलेको आवाजलाई तुरुन्त चिने । उसले आफ्नो क्याप्टेनसँग सोधेछ, ‘के म, जान सक्छु ?’ क्याप्टेनले उत्तर दिएछ, ‘अह, म तिमीलाई यहाँबाट जाने अनुमति दिन सक्दिन । म सँग पहिले देखि नै मान्छेहरु थोरै छन् । म एक जनाको संख्या घटाउन चाहन्न ।’
उता ‘विल’ को आवाजबाट यस्तो भान हुन्थियो कि ऊ बच्न सक्दैन ‘हेरी’ चुपलाग्यो । फेरी त्यही आवाज आयो ‘हेरी, आऊ मेरो सहयोग गर ।’ हेरी मौन भएर बस्यो । किनकि क्याप्टेनले उसलाई त्यहाँबाट हिँड्ने अनुमति दिएको थिएन । त्यो आवाज पटक पटक आयो । हेरीले अब त सक्दै सकेन् किनकि अत्ति नै भैसकेको थियो । उसले फेरी क्याप्टेनसँग भन्यो, ‘क्याप्टेन, ऊ मेरो बाल्यकालदेखिको साथी हो । मैले उसको सहयोगको निमित्त जानु नै पर्छ ।’
क्याप्टेनले उसलाई नचाहेर पनि जान अनुमत्ति दियो । हेरी अध्यारोमा घुम्दैघुम्दै अगाडी बढ्यो र विललाई तानेर ल्यायो तर मरिसकेको पो रहेछ । यसपछि क्याप्टेन धेरै रिसाएछ र ‘हेरी’ माथि आक्रमिक रुपमा कराउन र गालि गर्न थालेछ । ‘मैले भनेको थिए कि उ बाँच्दैन । ऊ मरिसकेको छ । अनि तिमि पनि मरिन्थ्यौ, त्यसपछि मैले अर्को एक जना मानिस गुमाउने थिए । तिमि त्यहाँ गएर गल्ति गरेका थियौ ।’ हेरीले उत्तर दिएछ, ‘क्याप्टेन मैले जे गरे त्यो ठिक थियो’ ।
अनी मृत्युवरण गर्नुअघि ‘विल’ले अन्तिम शब्द भनेछ, ‘हैरी, मलाई विश्वास थियो कि तिमि आउने छौ।’