रुपक डोटेलको नयाँ गीत सार्वजनिक, अन्जु र कृष्णको अभिनयले गीत उत्कृष्ट

मंगलबार, १४ साउन २०७६

काठमाडौं – चर्चित गायक रुपक डोटेलको नयाँ आधुनिक गीत बजारमा आएको छ । ‘कस्तो नसालु हेराई’ बोलको गीटमा मनोज चौलागाईंको संगित र बिबि थापाको शब्द रहेको छ ।

यो गीतमा शिक्षासेवी कृष्ण के बोहोरा र अन्जु चौलागाइको अभिनय ्देख्न सकिन्छ । सामान्य विषयवस्तुलाई कलात्मक ढंगले म्युजिक भिडियोमा उनेर प्रस्तुत गरिएको यो गीतमा अन्जुको नसालु हेराइले बोहोरा भुतुक्कै भएका छन् ।

ओएसआर डिजिटल मिडियाले सार्वजनिक गरेको गितमा रुपक डोटेलको स्वर रहेको छ । मनोज चौलागाईंको संगित र बिबि थापाको शब्द रहेको छ । कस्तो नसालु हेराईले रिलिजको थोरै समयमा राम्रो भ्युज बटुलीरहेको छ । फरक भुमिका देखिएका कलाकार कृष्ण बोहोराले आफ्नो मुख्य पेशा शिक्षा क्षेत्र भएपनि कलाकारीता र अभिनयमा आफ्नो सानै देखिको रुचि रहेकाले यस क्षेत्रमा प्रवेश गरेको बताए ।

आफ्नो प्रयासलाई छोटो समयमै राम्रो माया पाइरहेको बताउँदै उनले आगामी दिनमा पनि अभिनयलाई जारी राख्ने बताए । छिट्टै नै अर्को म्युजिक भिडियो साथ आउन लागेको जानकारी दिँदै उनले म्युजिक भिडियोको नाम भने अहिले सेक्रेट राखेका छन् ।