नेता पक्राउको विरोधमा भोली विप्लवको बन्द
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीका नेता माइला लामाको गिरफ्तारी विरुद्ध भोली काठमाडौं उपत्यकासहित ११ जिल्ला बन्दको घोषणा गरेको छ ।
भोली साउन १५ गते काठमाडौं उपत्यका सहित उपत्यका ब्युरोमा रहेका जिल्लाहरु बन्द रहने नेकपाले जनाएको छ । पार्टी प्रबत्ता प्रकाण्डले साउन ११ गते विज्ञप्ति निकाल्दै ४ दिनका संघर्षका कार्यक्रम सार्वजनिक गरेका थिए ।
भोली १५ गते वाग्मती, नारायणी र जनकपुर भित्रका केही जिल्ला बन्दको घोषणा गरिएको छ । जसअन्तर्गत दोलखा र रामेछापमा पनि बन्द गरिने जनाइएको छ ।
सो पार्टीका उपत्यका इन्चार्ज समेत रहेका माइला लामालाई गत साउन ४ गते काठमाडौंको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको थियो । लामालाई बम विष्फोट लगायतका मुद्धा दायर गरी नख्खु जेल चलान गरिएको छ ।
