फेरी अर्को गीत विवादमा, आस्था राउतको स्टाटसले सांगीतिक बजार तरंगीत !

मंगलबार, १४ साउन २०७६

काठमाडौं – फेरी अर्को पप गीत विवादित बनेको छ । पछिल्लो समय बजारमा आएको आर्जन पाण्डेको ‘धाँटी भन्दा तल’ बोलको गीत विवादमा तानीएको हो ।

महिलाको शरीर र सुन्दरतामाथि भद्दा मजाक उडाएको भन्दै यो गी विवादमा तानिएको छ ।

केहि दिनअघि पाण्डेले आफ्नै युट्युब च्यानलमा रिलिज गरेका ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतको शब्दलाई लिएर अहिले आम दर्शक÷स्रोतामात्रै उत्रिएका छैनन्, संगीतकर्मी र कलाकारले पनि विरोध जनाइरहेका छन्।

गीतमा महिलालाई निकै होच्याइएको छ। गीतमा गायक आर्जन स्वयं मोडल छन् । विडम्बना त के छ भने आफूलाई बौद्धिक छविकी अभिनेत्रीका रुपमा उभ्याउँदै आएकी रीमा विश्वकर्मालेसमेत अभिनय गरेकी छिन्।

गीतको विषयलाई लिएर कलाकार निर्मल शर्माले स्टाटस लेख्दै भनेका छन्, ‘बजारमा नयाँ गित आएको रहेछ, गितमा पुरुषले महिलालाई भन्छ ‘घाँटी भन्दा तल त राम्रीनै छे’ भगवानसँग कामना गर्छु यो गित मेरो छोराहरुले सुनेर नगाईदीउन र श्रीमती ममी दिदी बहीनीको अगाडी मैले लाजले मुख छोप्न नपरोस ! म महिलाहरुलाई ३३ प्रतिशत मात्र हैन, ५० प्रतिशत नै हुनुपर्छ भन्ने पक्षमा छु, र महिला हिंसा बिरुद्दमा आवाज उठाउनेहरुको कानसम्म पुगोस यो गित ।’

यस्तै गीत सुनेपछि गायिका आस्था राउतले फेसबुकमा स्टाटस लेखेकी छन् । उनले ‘केटी मान्छेको घाँटी भन्दा तल​को गीत लेख्ने गाउनेले आफ्नै घाँटी भन्दा माथिको गिदी चेक गर्न जाओ भन्दै आक्रोस पोखेकी हुन्।