कामचोर ठेकेदारलाई झट्का, प्रधानमन्त्रीको आदेशले भागाभाग
काठमाडौं – पेस्की लिने तर काम नगर्ने कामचोर ठेकेदारलाई झट्का लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’ (काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएप िठेकेदारलाई झट्का लागेको छ ।
सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्रीले विशेषगरी आयोजनाको जिम्मा लिने तर समयमा काम नगर्ने प्रवृत्ति रोक्नका लागि मोबिलाइजेसन खर्चमा कडाइ गरेका छन् ।
कुनै पनि आयोजना ठेक्का लागेपछि सुरुमै ‘मोबिलाइजेसन कस्ट’ बापत २० प्रतिशत रकम दिने व्यवस्था छ । यही व्यवस्थाको फाइदा उठाउँदै ठेकेदारले पेश्की रकम अन्यत्र लगाउने र मूल काम नगर्ने प्रवित्ति बढेपछि प्रधानमन्त्रीले यसो गरेका हुन् ।
‘मोबिलाइजेसन कस्ट’ लिने र काम अड्काउने भइरहेको छ, यसमा तपाईँहरुले कडाइ गर्नुहोस्, कामको जिम्मा लिएपछि समयमा पूरा गर्नुपर्छ, त्यसका लागि कतैबाट छुट र सहुलियत हुनु हुँदैन ।’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक सहभागीले भनेका छन् ।
यो नियमले ठेकेदारको भागाभाग भएको छ । उनीहरु काम सकाउनका लागि आफ्नो कार्यक्षेत्रतिर भागेका हुन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।