प्रेरक प्रसंग : दुइटी स्वास्नी हुनेको बिजोक (कथा)
काठमाडौं – एक जना मान्छेले विदेशबाट थुप्रै पैसा कमाएर ल्याएको थियो । यो कुरा एउटा चोरले थाहा पायो । ऊ पैसा चोर्ने उधेश्यले साँझपख त्यो मान्छेको घर नजिकै गएर कतिखेर सुत्दा रहेछन भनेर चियो गर्न थाल्यो ।
त्यो मान्छेले दुईतले घर, आँगनमा चुलो, दुईवटी श्रीमती, जेठीको सुत्ने कोठा घरको माथ्लो तलामा र कान्छीको तल्लो तलाको कोठामा थियो । भात खाइसकेपछी घरमुलिले सुत्न जाऊ भन्यो । जेठीले माथि जौ भनि, ऊ माथि जान खुडकिला चढ्न थाल्यो । त्यसै बेला कान्छीले तल आउनु भनि, ऊ तल आउन लाग्यो । जेठीले हात समाएर माथि नै आउनु भन्न थाली, कान्छीले पनि हात समाएर तलै आउनु भन्न थालि । जेठी माथि तान्ने, कान्छी तल, दुई तिरबाट तानातान हुदाहुदै तिनै जना भर्याङबाट खदारिएर तल खसे ।
चोरले तिनीहरुको हाल चाख मानेर हेरिएको थियो । ऊ खित्का छाडेर हाँस्यो । सबैले चोरचोर भन्दै समातेर उसलाई पुलिस थाना पुर्याए ।
पुलिसले हाकिमलाई सोध्यो, तँलाई के दण्ड दिऊँ ?
चोरले भन्यो – ‘साप ! अरु जे दण्ड दिनुहुन्छ, दिनुहोस, तर दुइटी श्रीमतीको श्रीमान चाँही नबनाइदिनुहोला ।
हाकिमले भन्यो ‘किन ?’
चोरले भन्यो – ‘म नँया चोर हैन, बिस वर्षदेखि चोर्दै आएको थिए । आजबाट कसैले सुइँकोसम्म पनि पाएका थिएनन् । तर आज दुइटी श्रीमती हुनेको लिला हेर्दै त म पक्राउ परे । झन् आफ्नै दुइटी हुँदा मेरो के गति होला ।