प्रहरी र माओवादीबीच ठुलो भिडन्त, दुबैपक्षको ठुलो हताहति
काठमाडौं – विद्रोही माओवादी र प्रहरीबीच दोहोरो झडप हुँदा ७ जनाको मृत्यु भएको छ । भारत छत्तीसगढको राजनांदगांवमा दुई पक्षबीच गोली हानाहान भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार ठुलो मात्रामा गोला बारुद पनि बरामद गरेको प्रहरीले दावी गरेको छ । उक्त घटनास्थलमा अहिले पनि स्थति तनाबग्रस्त अवस्थामा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । छत्तीसगढका पुलिस प्रमुख डीएम अवस्थीले घटनाको पुष्टि गरेका थिए ।
प्रहरीका अनुसार एक टोली आज बिहान बागनदी क्षेत्रमा अप्रेशन गर्न निक्लेका थिए । यो बीचमा महाराष्ट्र सीमासँग जोडिएको शेरपार र सीतागोटाको पहाडमा माओवादी लुकेर बसेको जानकारी मिलेको र उक्त विशेष जानकारीपछि प्रहरीसहित छत्तीसगढ आर्म्स फोर्स (सीएएफ) र जिल्ला पुलिस बललाई त्यसतर्फ पठाइएको थियो । पुरा तयारीपछि मात्रै प्रहरीले माओवादी आक्रमण गरेको प्रहरीले जनाएको छ । यस घटनामा ७ जना माओवादी मारिएको प्रहरीले पुष्टि गरेको छ । आधुनिक हतियार पनि फेला परेको बताइएको छ । यस क्षेत्रमा लामो समय देखि माओवादीको दबदबा रहँदै आएको छ ।