‘स्टडि इन नेपाल’ सम्बन्धी भर्जुअल फेयर सम्पन्न, २ सय वंगलादेशी विद्यार्थीको सहभागिता

बिहिबार, १५ असोज २०८३

काठमाडौं – बंगलादेशका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको ‘स्टडि इन नेपाल’ सम्बन्धी भर्जुअल एजुकेशन फेयर सम्पन्न भएको छ । बिहीबार बेलुका ७ बजेदेखि सुरु भएको फेयरमा २ सय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

फेयरमा नेपालबाट लुम्बिनी बौद्ध विश्वविद्यालय, द वेस्टमिनिस्टर कलेज, प्रेसिडेन्सियल ग्र्याजुयट स्कुल र कलेज अफ आर्ट एण्ड फेसनका प्रतिनिधिहरुको उपस्थिति थियो । फेयरमा नेपालको एजुकेशन सिस्टम, बंगलादेशी विद्यार्थीका लागि प्राप्त सुविधाहरु, नेपाल बसाई, क्रेडिट ट्रान्सफर लगायतका विषयमा छलफल भएको थियो ।

फेयरमा इडडि इन नेपालको बारेमा लुम्बिनी बौद्ध विश्वविद्यालयका निर्देशक कुमार खड्काले प्रिजेन्टेशन दिएका थिए ।

फेयरमा सहभागी विद्यार्थी नेपाल आउन उत्सुक रहेको आयोजक संस्था इनिसिटिभ फर स्टडि इन नेपालले जनाएको छ । फेयर सोचेभन्दा सफल भएको आयोजक स्टडि इन नेपालका फाउण्डर विकल्पराज पोखरेलले बताएका छन् ।