रुस्काज् ब्युटी स्टुडियो र प्रभु बैंकबीच सम्झौता, ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट

शुक्रबार, १६ असोज २०८३

काठमाडौं — रुस्काज् ब्युटी स्टुडियो र प्रभु बैंकबीच विशेष छुट सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सौन्दर्यसम्बन्धी सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहबीच रुस्काज् ब्युटी स्टुडियोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकारी वाग्मती प्रदेश ९३० प्रचिता श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटी स्टुडियोका तर्फबाट प्रबन्ध निर्देशक रविभक्त श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार, प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू तथा कर्मचारीहरूले रुस्काज् ब्युटी स्टुडियोमा माथि उल्लेखित सौन्दर्यसम्बन्धी सेवा लिँदा ग्राहकहरूले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म र कर्मचारीहरूले ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरूले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेस गर्नुपर्ने बैंकले जनाएको छ ।