पूर्वमन्त्रीलाई हवाई जहाजमै हृदयाघात भएपछि..

आइतबार, १९ साउन २०७६

काठमाडौं – पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई हृदयाघात भएको छ । विष्ट आइतबार दिउँसो बुद्ध एयरको विमानबाट नेपालगन्ज हुँदै काठमाडौं आउने क्रममा हृदयाघात भएको हो ।

यसपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेर उनको उपचार भइरहेको छ ।

मन्त्री विष्टको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचार भइरहेको जनाएको छ । उनलाई थप उपचारका लागि काठमाडौैं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।