प्रेरक प्रसंग : पानीभित्र लुकेको रहस्य !

सोमबार, २० साउन २०७६

काठमाडौं – तपाईंलाई थाहा छ नाइलन नदिबाट सफलताको कुन रहस्यको ज्ञान भएको थियो ? पानी प्रत्येक दिशामा वहन सक्छ । बाढी आएको समयमा पानीको बहाव विल्कुल अनियन्त्रित हुन्छ र यसले घर, रुख, जनावर आदिलाई बगाएर लैजान्छ । यसले एक प्राकृतिक विपत्तिको सृजना गर्दछ । तर पानीको दुई किनाराकोबीचमा बग्दा यसको बहाव सहज हुन्छ । तर त्यही नदीलाई रोकेर बाँधको निर्माण गरिएको खण्डमा यसको सहायताले विद्युत उत्पादन गर्न सकिन्छ । यही नै शक्तिको रहस्य हो ।

मानिसको मस्तिष्कको पनि भिन्न दिशामा गतिमान रहने स्वभाव हुन्छ । तपाईंले किताव पढिरहदा्समेत तपाईं किताब बन्द गर्ने इच्छा हुन सक्छ र टिभी हेर्ने इच्छा लाग्न सक्छ । यो सामान्य कुरा हो । तर आफ्नो सामाथ्र्यले आफूभित्र जुनशक्ति प्राप्त गर्नुभएको छ त्यसले तपाईंमा एक समयमा एक कार्य गर्ने र त्यसलाई पूर्ण अविभाजित मनले गर्ने क्षमता पैदा हुन सक्छ ।

तपाईले आफ्नो मस्तिष्कलाई नियन्त्रण गरेर आफूले चाहेको कुरा गर्न सक्नुहुन्छ । तपाईंले कहिल्यै डोरी तान्ने खेल हेर्नु भएको छ ? यसमा मानिसको समान संख्याको दूई दल हुन्छन् । तिनले एक दोस्रोको विरोधी दिशामा त्यस डोरीलाई तान्छन् । दुबै दलको मानिसले डोरी आफुतिर तान्न पूर्ण सामथ्र्यको प्रयोग गर्छन् । दुर्व शक्ति समान हुने समय आउँछ । तर शक्तिको प्रयोग निरर्थक देखिन्छ ।

यस्तो केवल यसकारणले भएको हो किनकी दुई बलले विपरित दिशामा लगभग समान रुपले कार्य गरिरहेको हुन्छ । हामीले कुनै व्यक्तिसित कति इच्छा शक्ति छ भनेर कसरी थाहा पाउने ? कोही व्यक्तिले स्वयंलाई एक निश्चित समयसम्म आफ्नो कामप्रति एकाग्र रहन सक्ने क्षमता प्राप्त गर्छ भने यो उसको ईच्छा शक्तिको नै देन मान्नु पर्छ ।

मानिलीनुस् तपाईं विहान सबेरै पिकनिक या कुनै यात्रामा जानुछ । तपाईंको समुहको कोही व्यक्तिले म विहान पाँच बजे उठ्छु भन्नेछ । ऊ अलार्म घडी विना या अन्य सहायता विना विहान उठ्छ भने उसको इच्छा शक्तिले उसलाई ठिक समय मा उठाउन सहायता गर्छ । कुनै व्यक्तिको राम्रो स्मरण शक्तिको पछाडी उसको इच्छा शक्तिको हात हुन्छ । वास्तवमा स्मरण शक्ति कमजोर हुनुको अर्थ उसमा इच्छा शक्तिको अभाव छ भन्ने होइन ।

आफ्नो दिनचर्यालाई व्यवस्थि गर्नको लागि आफ्नो निश्चित टाइम टेवल बनाउनुस् । यसमा आफ्नो उठ्ने, पढ्ने, व्यायम गर्ने र सुत्नको लागि निश्चित समय निर्धारीत गर्नुहोस् । टाइम टेवल नियमित रुपले पालन गर्ने दृढ निश्चय गनुहोस् । यसरी तपाईंको आत्मनियन्त्रणले तपाईको विचार र क्रियाकलापलाई नियन्त्रण गर्छ ।