सरकार विप्लवसँग तर्सिनुको रहस्य खुल्यो, यस्तो रहेछ कारण ?

सोमबार, २० साउन २०७६

काठमाडौं – सरकार विप्लव नेतृत्वको नेकपादेखि बढिनै सशंकित छ । यसरी सशंकित हुनुको रहस्य आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले खुलाएका छन् ।

मन्त्री बासकोटाले विप्लवले नेतृत्व गरेको नेकपाले हतियार व्यापारीलाई उत्साहित गराएको भनेर अभिब्यक्ति दिएपछि यसको रहस्य खुलेको हो । आइतवार सञ्चार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बास्कोटाले धमिलो पानीमा माछा मार्दै हतियार व्यापारीलाई उत्साहित गराएको भन्दै विप्लवलाई तत्काल हिंसा छाडेर वार्ताको टेबलमा आउन आग्रह गरेका हुन् ।

‘यो बाटोले जनताले दुख पाउने, देशको अन्तर्राष्ट्रिय छबी बिग्रने बाहेक केही गर्दैन’, बास्कोटाले भने, ‘यस्ता क्रियाकलापले हतियार व्यापारीलाई उत्साहित गराएको छ ।’

विप्लव नेकपाभित्रभित्रै संकट पैदा भइसकेको भन्दै विप्लव धेरै समय नटिक्ने बास्कोटाको दाबी थियो । ‘भित्रै संकट पैदा भइसक्यो, गलत बाटो हिंडेपछि यस्तो हुन्छ’, बास्कोटाले भने, ‘जो निद्राबाट उठ्छ, त्यो फेरि भीरको बाटो हिंड्दैन । हामीले वार्तालाई सधैं स्वागत गरिरहेका छौं ।’

नेकपाले देखिने गरेर गल्ती गरेपछि सरकारले पनि देखिने गरेर नै प्रतिबन्ध गरेको बास्कोटाले दाबी गरे ।