फेरी भेटियो किलोका किलो सुन, कसले गर्दैछ तस्कर ?

सोमबार, २० साउन २०७६

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी ४ किलो अवैध सुन फेला परेको छ । सुनसहित एक जना चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो ।

हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।