२ सय ३४ सांसदले एकैचोटी टाप कसेपछि..

बिहिबार, २३ साउन २०७६

काठमाडौं – २ सय ३४ जना सांसदहरु विहिबार संसदबाट बाहिरिएपछि सभामुख कृष्णबहादुर महराले ३ मिनेट घन्टी बजाउनु परेको छ । विधेयक पास गर्ने बेलामा संसद कार्यकक्ष पूरै रित्तो भएपछि उनले गणपुरक संख्या पत्ता लगाउनका लागि घण्टी बजाएका हुन् ।

सांसद देवप्रसाद तिमिल्सिनाले संविधानको धारा ९४ अनुसार गणपुरक संख्या पूरा नभएसम्म यो विधेयक पारित हुन नसक्ने भन्दै गणपुरक संख्या पत्ता लगाउन आग्रह गरेका थिए । सांसद तिमिल्सिनाको आग्रहपछि सभामुखले ३ मिनेट घण्टी बजाएका हुन् ।

सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टर भेलिङ विधेयक, २०७६ को दफा १ देखि ५ सम्म निर्णयार्थ पारित गन आग्रह गर्नेबित्तिकै सांसद तिमिल्सिनाले सो माग गरेका थिए । ३ मिनेट घण्टी बजाउँदा संसदका कूल सदस्य २ सय ७५ मध्ये ४१ सांसद मात्र उपस्थित थिए ।

संविधानको धारा ९४ अनुसार कुनै पनि विधेयक पारित हुन संसदको कम्तिमा एक तिहाई संख्या ६९ हुनुपर्ने थियो । गणपूरक संख्या नपुगेपछि सभामुख महराले १५ मिनेटका लागि बैठक रोके ।