नेपालगन्जमा भिषण आगलागी, कति भयो क्षति ?

शुक्रबार, २४ साउन २०७६

बाँके – नेपालगन्जको बिपीचोकमा भीषण आगलागी भएको छ । बिहीबार राति सवा ११ बजे लागेको आगोबाट आठ वटा फर्निचर उद्योगहरु जलेर नष्ठ भएको छन् ।

ए वान फर्निचरबाट सुरु भएको आगो करिब ५ घण्टापछि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार बिहान ४ बजे आगो नियन्त्रणमा आएको छ । तीन वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीका कारण अहिलेसम्म खुल्न नसकेको र क्षतिको विवरण पनि संकलन गर्ने काम भइराखेको जनाइएको छ । आगलागीमा तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ।