धेरैपछि आयो विप्लव नेकपाको कडा विज्ञप्ति, भारतीय हस्तक्षप विरुद्ध अभियान चल्दै
काठमाडौं – नेत्रविक्रम चन्द्र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को सेती–महाकाली क्षेत्रीय समन्वय समितिले ओली सरकारलाई कडा चुनौति दिएको छ ।
नेपालका लाखौं विद्यार्थीहरुको हकहितकालागि महान् सहिदहरुले देखाएको बाटोमा बलिदानी दिने प्रतिबद्धता व्यक्त गर्दै नेता तथा कार्यकर्ताहरुको गिरप्तारी रोक्न आह्रवान गरेको छ । सेती–महाकालीद्धाा जारी विज्ञप्तिमा दलाल फासिवादी केपी–बादल कम्पनीद्वारा विद्यार्थी सङ्गठनका नेताकार्यकर्ताहरुमाथि प्रतिबन्धित व्यबहार, दमन, धरपकड, अपहरण गरेर बन्धक बनाउने कार्यको व्यापक भण्डाफोर गर्दै संघर्ष संचालन गरिने बताइएको छ ।
सेती–महाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले शुक्रबार विज्ञप्ति जारी गरी हालसालै सम्पन्न बैठकले सेती–महाकालीको विद्यार्थी आन्दोलनलाई नयाँ उचाई प्रदान गर्नको निम्ति ‘कम्युनिस्ट अभियान –२’, सिमानामा हुने भारतीय हस्तक्षेपका विरुद्धमा जागरण अभियानलगायतका महत्वपूर्ण निर्णयहरु सम्बन्धीत निकायको ध्यानाकर्षण र सचेतनाका लागि सार्वजनिक गरेका छन् ।
हेर्नुहोस विज्ञप्ति
