नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको विकल्प बन्दै युके (भिडियो सहित)
काठमाडौं – नोपली विद्यार्थीहरुका लागि खुशिको खवर छ । अस्ट्रेलिया जान नपाएर निराश भएका विद्यार्थीहरुका लागि वेलायत विकल्प बन्ने भएको छ । विदेशमा गई उच्चशिक्षा हाँसिल गर्न चाहाने विद्याथीहरुका लागि बेलायतले नीतिगत रुपमै भित्राउने भएपछि विद्यार्थी मख्ख छन् ।
बेलायतले विदेशी विद्यार्थीहरुलाई वित्राउने रणनीति लिएपछि ब्यबसायी पनि त्यतातिर आक्रशित भएका छन् । अस्ट्रेलियाको एआइविटी कलेज प्रकरणले निराश बनेका विद्यार्थी तथा ब्यबसायीहरु बेलायतका लागि काम गर्न विभिन्न खालका पूर्वाधारहरु तयार गर्दै छन् ।
विश्वका उत्कृष्ठ विश्वविद्यालयहरु रहेको बेलायतमा त्यहाँको सरकार नेपाली विद्यार्थीहरु भित्राउन नीतिगत रुपमा लचक भएको छ । बेलायत सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई भित्राएर राज्यको ढुकुटी बढाउने नीति लिएका कारण पनि नेपाली विद्यार्थीहरुका लागि अवको गन्तव्य युके बन्ने पक्का भएको हो ।
बेलायतले विद्यार्थीहरुलाई स्वागत गर्ने नीति लिएपछि नेपालका शैक्षिक परामर्श ब्यबसायीहरु खुशि भएका छन् । उनीहरु बेलायतका उत्कृष्ठ कलेजहरुको सम्बन्धन लिन लागि परेका छन् ।