पार्टीलाई माफियातन्त्रबाट जोगाउन कांग्रेस कार्यकर्ताहरु अगाडि आउनुपर्छ – वरिष्ठ नेता पौडेल
भदौ १८ दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस नेता-कार्यकर्ताहरुलाई आचरणलाई सुधार गरेर अब नयाँ कांग्रेस बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् ।‘पार्टीलाई माफियातन्त्रबाट जोगाउन कांग्रेस कार्यकर्ताहरु अगाडि आउनुपर्छ ।
राजनीतिक पार्टी जनताको नजरमा गिर्दै गएका छन्, यसबाट जोगाउने मेरो लक्ष्य हो । आजको आवश्यकता पनि यही हो । पैसालाई केन्द्रमा राखेर राजनीति गर्याे भने देश दुर्घटनामा जान सक्छ,’ तनहुँको आँबु गाउँपालिकाका विभिन्न स्थानमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले भने, ‘हिजो मैले पार्टीको नीतिमा रहेर काम गरे । संविधानसभामा कम्युनिष्टहरुसंग झगडा गरेर लोकतान्त्रिक संविधान बनाएको हो । चुनावका बेलामा हिजो साथीहरुबाट गल्ती भएको हो । अब त्यो विषयमा पश्चत्ताप गरेर पार्टी संगठनमा लाग्नुस् ।’