भोली सार्वजनिक बिदा

आइतबार, २६ साउन २०७६

जनकपुर – प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक बिदाको जानकारी दिँदै, इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी शुभकामना पनि दिएका छन् ।

प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म बिदासम्बन्धी निर्णय गरिसकेको छैन ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म बिदाबारे निर्णय नभएको बताए ।