आज सार्वजनिक विदा

सोमबार, २७ साउन २०७६

काठमाडौं – आज दुई ओटा प्रदेश सरकारले सार्वजनिक विदा दिएका छन् । प्रदेश २ र प्रदेश ५ सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएका हुन । मुस्लिम धर्मालम्बीहरूको चाड इद ऊल अजाहको अवसरमा प्रदेश सरकारहरुले विदा दिइएको हुन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक बिदाको जानकारी दिँदै, इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी शुभकामना पनि दिएका छन् ।

त्यस्तै प्रदेश ५ को प्रदेश सरकार मन्त्रिपरिषदको गत वैशाख १२ गतेको बैठकले इदको अवसरमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार सोमबार सार्वजनिक विदा हुने प्रदेश सरकारका सातौं अधिकृत माधव शर्माले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ। उनले प्रदेशभर सर्वसाधारण र सरोकारवाला सबैको जानकारीको लागि फेरि आइतबार सूचना प्रकासित गर्नु परेको अवगत गराएका छन्।

प्रदेश सरकारले दिएको विदा प्रदेश तथा स्थानीय सरकारका कार्यालयमा लागू हुनेछ । केन्द्रमातहतका कार्यालयमा विदा दिन गृह मन्त्रालयले सूचना जारी गर्नुपर्छ।