अर्को भष्ट्राचारीले गरे आत्माहत्या, यस्तो छ आत्माहत्या गर्नुको कारण
काठमाडौं – भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दापरेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन् ।
आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका–९ को रातामाटेको जंगलमा उनले झुन्डिएर आत्महत्या गरेका हुन् । त्रियुगा नगरपालिका–१० घर भएका उनी काठमाडौंबाट शनिबार उदयपुर पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीका अनुसार उनको साथबाट दुई पृष्ठ लामो ‘सुसाइड नोट’ भेटिएको छ । उनले त्यहाँ ‘आफू निर्दोष रहँदारहँदै भ्रष्टाचार मुद्दा लगाइएको’ जनाएका छन् ।
सुसाइड नोटमा उनले परिवारलाई राम्रोसँग मिलाएर राख्न नसकेको र गर्दै नगरेको भ्रष्टाचारको आरोप लागेकाले आत्महत्या गर्नुपरेको उल्लेख गरेका डिएसपी केसीले जानकारी दिए ।