तुलसीदासको स्वास्नीमोह
काठमाडौं – ‘रामचरितमानस’ नामक कृतिका लेखक तुलसीदास पहिले पत्नीप्रति साहै आसक्त थिए । एक दिन उनकी पत्नी माइत गएकी थिइन् । दिनभरी त तुलसीदासले जेनतेन बिताए । तर,साँझ परेपछि उनलाई पत्नीको साहै याद आउन थाल्यो । उनी पत्निलाई भेट्न ससुरालीतिर लागे।
अँध्यारो भइसकेको थियो । त्यसै बेला भयङ्कर पानी पनि पर्न थाल्यो । तुलसीदासले ती सबैको कुनै वास्तै नगरी बाटो समाए । ससुराली घर नदिपारी थियो ।डुङगा चलाउने माझिहरु पनि घर गइसकेका थिए। तुलसिदासले पौडेर नदि तर्ने विचारले पानीमा बगिरहेको एउटा काठको मुढाजस्तो देखिने वस्तुलाई समातेर त्यसैको सहारामा नदि पार गरे।
घरको ढोका बन्द थियो । उनले धेरै बेर ढक्ढक्याए । तर ढोका खुलेन । त्यसै बेला बिजुली चम्कियो, त्यो उज्यालोमा तुलसीदासले घरको मथिल्लो तलाको एउटा झ्याल खुलेको र त्यहाँबाट तलसम्म आइपुग्ने गरेर एउटा मोटो डोरी झुन्डिएको देखे । तुलसीदास त्यही डोरी समाएर माथी चढे र झ्यालबाट भित्र पसेर सुतिरहेकी पत्नीलाई उठाए ।
पत्नीले उनलाई देखेर छक्क परेर सोधिन, ‘हैन, यत्रो आँधीबेहरीमा तपाईं यहाँ कसरी आउनुभयो ? फेरि तपाईंको शरीर किन यति गनाएको ?
तुलसीदासले उत्तर दिए, ‘राती डुङ्गा नपाएकाले काठको मुढा समाएर नदि तरे । त्यसैले मेरो शरीर गहनाइरहेको होला । अनि, झयालमा झुन्डयाइएको डोरी समातेर माथी उक्लिए ।’
पत्नी छक्क परिन् । बत्ती बालेर हेर्दा त त्यहाँ डोरी होइन , एउटा भयङ्कर साँप पो झुन्डिएको थियो । उनी बत्तिसहित तुलसीदासलाई पानीसँगै लिएर नदिको तिरमा पुगिन । त्यहाँ तुलसीदासले समाएको काठको मुढो भनेको त कैयौ दिनदेखिको सडेको दुर्गन्धयुक्त मुर्दा थियो।
पत्नीको मनमा तुलसीदासप्रती घृणा भरियो । उनले भनिन, ‘हे ब्रह्माण्ड ! तिमीलाई धिक्कार छ । यो मेरो शरिरको मोहमा भुलेर तिमिले सडेको मुर्दाको दुर्गन्ध पनि चाल पाएनौ, त्यस्तै सर्पलाई पनि रेशमकै डोरी सम्झ्यौ । यदि यसको आधामात्रै पनि प्रेम तिमिले भगवानप्रती गथ्यौ भने तिम्रो कल्याण हुने थियो ।
पत्नीको वचनले तुलसीदासको विवेक खुल्यो । उनले पत्नीतिर हात जोडेर भने, ‘देवि ! तिमिले मेरो आँखा खोलिदियौ । आजदेखि तिमी मेरो गुरु भयौं ।
पत्नीसँग यति भनेर तुलसीदास बाटो लागे। पछि उनै तुलसीदासले जगतप्रसिद्ध रामचरितमानसको रचना गरेर संसारकै आँखा खुलाउने काम गरे।