क्रिकेटर सन्दीप लामिछानेलाई झट्का

मंगलबार, २८ साउन २०७६

काठमाडौं – युवा क्रिकेटर सन्दीप लामिछानेलाई ठुलो झट्का लागेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका जान लागेका उनलाई अमेरिकाले भिसा नदिएपछि झट्का लागेको हो ।

अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि उनी अच्चममा परेका छन् । समाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै सन्दीपले आफूलाई अमेरिकाले भिसा नदिएकोमा अच्चमीत भएका बताएका छन् । ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।