सन्दीपको जित !अन्ततः ब्याक भयो अमेरिका

मंगलबार, २८ साउन २०७६

काठमाडौं – क्रिकेटर संदिप लामिछानेलाई भिसा नदिएर आलोचित बनेको अमेरिकी दुतावासले अन्तत भिसाा दिएको छ । काठमाडौंमा रहेको दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको हो ।

मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यसले ठूलै खैलाबैला मच्चाएको थियो ।

लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।