मन्त्री बन्दै सिके राउत, यस्तो छ केपी ओलीको ग्राण्ड डिजाइन

बुधबार, २९ साउन २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनकारी नेता सिके राउतलाई मन्त्री बनाउनका लागि ग्राण्ड डिजाइन गर्न थालेका छन् । समाजवादी पार्टीबाट प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित सांसद सूर्यनारायण यादवले राजीनामा दिएपछि यो केपि ओलीको ग्राण्ड डिजाइन भन्दै विरोध हुन थालेको छ ।

समाजबादी पार्टीलाई जानकारी नदिई यादवले सोमबार सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा दिएका थिए । उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको भएपनि राम्रै्र आर्थिक चलखेकका कारण राजीनामा दिएको बुझिएको छ ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेको बताए । ‘स्वास्थ्यमा समस्या परे उपचारका लागि विदा बस्न पाइन्छ, राजीनामा दिनुपर्दैन,’ उनले भने ।

सांसदको दलीय आबद्धतासमेत हुने भएकाले राजीनामा स्वीकृतिका लागि दलले समेत सभामुखलाई चिठी लेख्नुपर्छ । प्रमुख सचेतक अरगरियाले राजीनामा स्वीकृत गर्न चिठी नपठाएको बताए ।

राजनीतिक वृत्तमा भने सांसद यादवको राजीनामालाई उपचुनावलाई लक्षित गरेर कुनै नेतालई उक्त ठाउँमा उठाउने योजनासँग जोडेर हेरिएको छ ।

विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा आएका सिके राउतलाई संसदभित्र छिराउन तथा मन्त्रीसमेत बनाउका लागि राउतकै जिल्लाको सिट खाली गराइएको आशंका पनि केहीले गरेका छन् ।

कान्तिपुर दैनिकमा समाचार छ ।