निर्देशिकाको धज्जी उडाउँदै विज्ञापन

बुधबार, २९ साउन २०७६

काठमाडौं – काठमाडौंको डिल्ली बजारमा रहेको क्रिएटिभ नेपाल एजुकेशनले ठगी गरिरहेको पाइएको छ । डिल्ली बजारको बि.जे.टी विल्डिङमा रहेको क्रिएटिभ नेपालले दिउसै नेपाली युवाहरुलाई ठगी गरिरहेको छ ।

ब्यापार गर्नुको सामान्य उद्देश्य हुन्छ पैसा कमाउने । तर क्रियटिभ नेपालले भने उल्टै छात्रबृद्धि दिन्छु भन्दै आफूले आफैलाई उल्लु बनाई रहको छ । कमाउने उद्देस्यका साथ संचालित शैक्षिक कन्सल्टेन्सीले सबै सेवाहरु फ्रिमा दिन्छु भन्नुनै नियत ठिक नभएको बुझिन्छ ।

गतल नियतका साथ उत्त कन्सल्टेन्सीले नेपाली विद्याथीहरुलाई फसाउन फ्रि जापानीज ल्याङगोइजका क्लासहरु संचालन भइरहेको भनेर विज्ञापन गरेको छ । उसले फ्रि ल्याङ्ग्वेज, फ्रि न्याट जेएलपिटी प्रिपिरेसन क्लास, फ्रि भिषा प्रिपिरेसन तथा इमिग्रेशन अन्तरवार्ताका क्लास, फ्रि प्रोसेसिङ र जागिरको पनि ग्यारेन्टी गर्दै विज्ञापन गरिरहेको छ । सबै फ्रि दिने कन्सल्टेन्सीले कमाउँछ कसरी ?

उक्त कन्सल्टेन्सीले भन्नसक्छ कलेजले कमिसन दिन्छ । विद्यार्थी भिषानै नलागी कलेजले कसरी कमिशन दिन्छ ? भाषा पढेका सबैको भिषा लागेन भने के हुन्छ ? उसको नियत विद्यार्थीको भिषा लागेको समयमा भिषा दिनभन्दा केहिदिन अगाडी विद्यार्थीसँग लाखौंको रकम मागदावि गर्दै अफ्ठ्यारोमा पारी ब्याजसहित अशुल्नु भएको बुझिएको छ । लाखौं खर्च गरेर विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई पाँच÷सात हजारको लोभ देखाई विद्यार्थी ठग्नु महाको अपराध हो ।

एउटा कक्षा संचालनका लागि भाषा शिक्षक, कक्षा कोठा, स्टडिका सामाग्रीहरु, बत्ति, पानी लगायतकाृ खर्च जोड्दा कसैलेपनि फ्रिमा भाषा पढाउन सक्दैन् । क्रियटिभले पनि बुवाको घर खेत बेचेर समाजसेवा गर्छ जस्तो लाग्दैन् । उसको नियतनै ठगी गर्ने भएको यी कुराहरुले पुष्ठि गर्दछ ।

काठमाडौंको डिल्ली बजारमा रहेको क्रिएटिभ नेपाल एजुकेशनका संचालक हुन राजन साप्कोटा । मोटिभेट न्यूज डटकमले तपाईले शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिकाको उल्लंघन गर्नुभयो नी ? भन्दै प्रश्न गर्दा उल्टै उनले आफूले जानी जानी उल्लङ्घन गरेको बताए ।

साप्कोटाले राज्यलाई नै चुनौति दिदै दिनदाहडौं विद्यार्थी ठगीरहेका छन् । मोटिभेट न्यूजसंग कुरा गर्दै उनले आफू ठग रहेको स्विकार गर्दै जेल जानपनि तयार रहेको बताए । नेपालको कानुनलाईनै चुनौति दिदै परिआएको जे पनि बेहोर्न तयार भएरै उनी खुलेयाम ठगी धन्दामा लागिरहेका छन् ।

निर्देशिकामा के छ ?

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले जारी गरेको शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिकाले विज्ञापन गर्नका लागि निश्चित मापदण्ड बनाएको छ । निर्देशिकाको परिच्छेद ४ को ३ नम्बर बुदामा विज्ञापन गर्दा ध्यान दिनुपर्ने कुराहरु उल्लेख गरिएको छ ।

बुदाको पहिला नम्बरमै भ्रामक, अनिश्चित, अपुष्ट र आधारहिन कुरा राखि प्रशार प्रचार विज्ञापन गर्न नहुने उल्लेख भएको भएपनि उक्त कन्सल्टेन्सीले निर्देशिकाको धज्जी उडाउँदै गैरकानुनी काम गरिरहेको छ । यदी कोही कसैले निर्देशिकाको उल्लङ्घन गरेको पाइए कन्सल्टेन्सीहरुको दर्ता खारेजीदेखि अन्य कानुन अनुसार सजाए हुने उल्लेख छ ।