अबैध काम गर्ने कन्सल्टेन्सीको दर्ता खारेज
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले काठमाडौंको पुतलिसडकमा रहेको क्वीन्सल्याण्ड एजुकेश फाउण्डेशको दर्ता खारेज गरिदिएको । इक्यानका महासचिव शेषराज भट्टराईले उक्त कन्सल्टेन्सीको दर्ता खारेका भएको बताए ।
इक्यानको साउन २७ गते बसेको सचिवालय बैठकले क्वीन्सल्याण्ड एजुकेश फाउण्डेश प्रा.लिको दर्ता खारेको गर्ने निणर्य गरेको थियो । कन्सल्टेन्सीका संचालक मणि निरौलाले नक्कली विवाह गराएर श्रीमान–श्रीमतीका रुपमा अष्ट्रेलिया पठाइदिने भन्दै एउटै युवती देखाएर करिब ६ जना युवालाई ठगी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो ।
बिद्यार्थी भिषामा अष्ट्रेलिया जान अयोग्य ६ जना युवालाई रेजिना नाम गरेकी युवतीसँग फरक–फरक समयमा कन्सल्टेन्सीमा भेटाएर रेजिनासँग अष्ट्रेलिया पठाइदिने भन्दै ६ लाखदेखि १५ लाखसम्म पैसा असुलेको उनीमाथि आरोप छ ।
