प्रदेश सरकारले पनि दियो सार्वजनिक विदा

बुधबार, २९ साउन २०७६

काठमाडौं – प्रदेश नम्बर २ सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिँदै रक्षाबन्धन पर्वको शुभकामना दिएका छन् । २ नम्बर प्रदेशले यसअघि मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदमा पनि बिदा दिएको थियो ।