सालिकराम पुडासैनी प्रकरण, नर्स अस्मिता कार्की पक्राउ
काठमाडौं – पत्रकार शालिकराम पुडासैनी प्रकरणमा नाम जोडिएकी रुकु भनिने अस्मिता कार्की पक्राउ परेकी छन् ।
नुवाकोटका पत्रकार पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।
नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो। आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए ।