७९ जना डीएसपीको सरुवा, को कहाँ ? सुचिसहित
काठमाडौं – नेपाल प्रहरीले ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विहिबारको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरिएको हो ।
निर्णयअनुसार महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उमेश लम्साल सरुवा भएका छन् भने भने निलम्बित डीएसपी कुमुध ढुंगेल प्रदेश २ प्रहरी कार्यालय, धुनषामा सरुवा भएका छन् ।
प्रहरी परिसर, लतिलपुरमा देवेन्द्र पाण्डेको सरुवा भएको छ भने लतिलपुरका नारायणप्रसाद चिमरियाको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमा सरुवा भएको छ ।
त्यस्तै काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सरुवा भएको छ । प्रहरी वृत्त, कालिमाटीमा डीएसपी रूँगम कुँवरको सरूवा भएको छ ।






