प्रहरी कार्यालयमा आक्रमण, कति भयो क्षति ?

शुक्रबार, ३१ साउन २०७६

काठमाडौं – जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ आक्रमण भएको छ । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घाइते भएका छन् ।

चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको बताए । पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद लिएको थियो । शुक्रबार दिनभरजसो रवि लामिछानेको समर्थकले चितवनमा प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि प्रदर्शन गरेका थिए ।