भारतसँग लड्न कस्सियो पाकिस्तान, अन्तीम गोलीसम्म लड्ने उद्घोष
एजेन्सी– पाकिस्तानले भारतविरुद्ध कश्मीरका लागि अन्तिम सेना र अन्तिम गोली रहुन्जेलसम्म लड्ने बताएको छ । भारतले प्रशासित कश्मीरलाई विशेष दर्जा दिएर संवैधानिक मान्यता खारेज गरेको विषयमा छिमेकी मुलुक पाकिस्तानले भारतविरुद्ध कडा चेतावनी दिएको हो ।
शनिबार पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले पाकिस्तानी प्रोफेसनल सेना भारत विरुद्ध लड्नको लागि तयारी अवस्थामा रहेको बताए । साथै अन्य संघ–संस्थाहरु पनि कश्मीरका लागि लड्न तम्तयार रहेको उनको भनाई छ ।
कश्मीरका लागि बनाइएको विशेष समितिको बैठकमा विदेशमन्त्री कुरैशीले यस्तो प्रतिक्रिया दिएका हुन् । इन्टर सर्भिस पब्लिक रिलेशनका डाइरेक्टर जनरल मेजर आसिफ गफूरले भारतविरुद्ध अन्तिम सेना र अन्तिम गोली रहुन्जेल लड्ने बताएका छन् ।
जनरल गफूले भने, ‘भारत आजाद कश्मीरका विषयमा भुलेर आफ्नो कब्जा गरिएको कश्मीरको विषयमा कुरा गर्नु उचित हुन्छ । पाकिस्तान भारतीय दुस्साहसको जवाफ दिन तम्तयार छ ।’
कुरैशी ने कश्मीरमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको अनौपचारिक बैठक ऐतिहासिक रहेको बताएका छन् । पाकिस्तानी विदेशमन्त्रीले भने सुरक्षा परिषद्का कुनै पनि स्थायी सदस्यले यस बैठकका विरोध गरेको छैनन् । यो पाकिस्तानका लागि उपलब्धिको विषय हो ।