प्रेरक प्रसंग : नेपोलियनलाई घरवेटीकी स्वास्नीले जिस्काएपछि..

शुक्रबार, ६ भाद्र २०७६

काठमाडौं – विद्यार्थी जीवनमा नेपोलियन बोनापार्ट एकोहोरो स्वभावका थिए । काममा लागेपछि घोइरिएर त्यसैमा लागिरहन्थे । केही समय उनी पढ्नका लागि हजामको घरमा भाडामा बसेका थिए ।

नेपोलियनको रुप सुन्दर थियो । उनको रुपमा लोभिएर हजामकी श्रीमतीले उनलाई आफुतिर आकर्षित गराउन अनेक प्रयत्न गर्न थाली । तर नेपोलियनले उनीतिर ध्यान नै दिएनन् । हजामकी पत्नी हाँसखेल गर्न आउँदा पनि नेपोलियन किताब पढेरै बसिरहन्थे ।

पछि नेपोलियन फ्रान्सका सेनापति भए । एक दिन काम विशेषले उनले त्यही गाउँमा जानुप¥यो । उनले तिनै हजामकी श्रीमतीलाई ‘सोधे तिमीलाई थाहा छ तिम्रो घरमा कुनै बेला नेपोलियन नामको युवक बस्थ्यो नि ।’

हजामकी पत्नीले झर्किर्दै भनी – ‘त्यो निरस मान्छेको के कुरा गर्नु, न कसैसँग हाँस्थ्यो न कसैसँग बोल्थ्यो, न कसैसँग मीठो कुरा गर्न नै जानेको थियो खाली किताब मात्रै पढिरहन्थ्यो ।’ नेपोलियन मुस्कुराउँदै भने– ‘हो तिमीले ठीक भन्यौं त्यो निरस मान्छे मै हुँ । त्यतिखेर तिम्रो रसिकतामा अल्झिएको भए आज म फ्रान्सको प्रधानसेनापति हुने थिइन ।’

तसर्थ, आत्मसंयमले नै मानिसलाई महान बनाउँछ । आफ्नो लक्ष्य पुरा गर्न चाहनेले आत्मसंयमी हुनुपर्छ ।