प्रेरक प्रसंग : जव चाणक्यले बलिरहेको टुकी निभाए..

शनिबार, ७ भाद्र २०७६

काठमाडौं  – प्रसिद्ध चिनियाँ यात्री ह्वेन साङ घुम्दाघुम्दै भारतको पाटलीपुत्र पुगे । त्यो बेला त्यहाँ चन्द्रगुप्त मौयै राजा लर चाणक्य मन्त्री थिए ।

ह्वेन साङले चाणक्यको कूटनीति तथा अर्थनीतिका बारे पहिल्यै सुनेका थिए । उनलाई चाणक्यसँग बसेर भलाकुसारी गर्न मन लाग्यो र उनी चाणक्यको कुटीमा पुगे । त्यस बेला चाणक्य टुकी बालेर केही लेखिरहेका थिए ।

ह्वेन साङलाई देखेर चाणक्यले अर्को टुकी बालेर बलिरहेको टुकीलाई निभाए अनि ह्वेन साङको स्वागत गर्न लागे । ह्वेन साङलाई आश्चर्य लाग्यो । उनले चाणक्यसँग एउटा टुकी निभाएर अर्को बाल्नुको कारण सोधे ।

चाणक्यले जवाफ दिए ‘म अघि कुनै राज्यकोषको खर्चबाट टुकी बालेर राज्यको काम गर्दै थिएँ । तर अब म तपाईसँग ब्यक्तिगत काममा छु । व्यक्तिगत काम गर्दा राज्यकोषको खर्च गर्नु मेरो कर्तव्यभित्र पर्दैन ।’

तसर्थ, राज्यप्रति कर्तव्यबोध भएका मानिसले ससाना कुराको पनि ख्याल गर्छन् ।