रवि लामिछानेको वयान आज, कस्तो आउला अदालतको आदेश ?

सोमबार, ९ भाद्र २०७६

चितवन– ‘आत्महत्या दुरुत्साहन’ मुद्दाका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको वयान आज हुने भएको छ ।

तीन जनामध्ये एक जना अस्मिता कार्कीको बयान आइतवार सकिए पनि रवि र युवराजको वयान भने समय अभाव भन्दै अदालतले आजको लागि सारेको थियो ।

आज वयान सकिएसँगै थुनछेक बहस शुरु हुनेछ । वयान नसकिएपछि हिजो उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको न्यायीक हिरासतमा राखिएको थियो ।

आइतवार प्रहरीले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै दुरुत्साहन मुद्दा चलाउन राय सहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । प्रहरी प्रतिवेदनको अध्यनपछि सरकारी वकिलले जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्ता भएपछि अदालते वयान लिन सुरु गरेको थियो । तर हिजो समय अभावका कारण अस्मिताको मात्र वयान सकिएका कारण रवि र युवराजको वयान आजका लागि सरेको थियो ।

वयानपछि थुनछेक वहस हुनेछ । जसमा साधारण तारेखमा छोड्ने, धरौटीमा छोड्ने वा थुनामै राखेर मुद्दाको पूपक्र्ष गर्ने फैसला अदालतले गर्ने छ ।

रविका समर्थक आन्दोलित

वयान नसकिएपछि पुन हिरासतमा पठाएपछि रविका समर्थक थप आन्दोलित बनेका छन् ।

आइतवार साँझ रविका समर्थकले प्रहरीमाथिसमेत आक्रमण गरेका थिए । उनीहको आर्कमणबाट ७ जना प्रहरी घाइते भएका थिए । प्रदर्शनकारीले सडकमा टायर बालेर एक गाडीमाथिसमेत तोडफोड गरेपछि प्रहरीले केही राउण्ड हवाइ फायर गरेको थिया ।

चितवनमा कर्फ्यू

स्थानिय प्रशासनले चितवनको भरतपुरमा कर्फ्यू लगाएको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरु अराजक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले विहान ६ बजेदेखि कर्फ्यू लगाएको हो ।

स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३ क) अनुसार प्रमुख जिल्ला अधिकारीको आदेशमा आज विहान ६ बजेदेखि अदालतको आदेश नआउन्जेलसम्मका लागि कर्फ्यू लगाइएको हो । कर्फ्यूमा पाँच जना भन्दा धे्रैलाई एकै ठाउँमा जम्मा हुन निषेध गरिएको छ ।