भिम रावलले खोले सरकार असफल हुनुको रहस्य (भिडियो सहित)

बुधबार, ११ भाद्र २०७६

कठमाडौं – नेकपा नेता भिम रावलले सरकार असफल हुनुको रहस्य खोलेका छन् । प्रधानमन्त्री केपि शर्मा ओलीका सल्लाहकारहरुका कारण ओलीको दोश्रो इनिङ असफल सावित भएको बताए ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा बोल्ने नेता रावलले सल्लाहकारको सल्लाहमा प्रधानमन्त्री चल्दा कम्युनिस्ट पार्टीको भिधि र पद्धति छोडेकाले पार्टी भित्रबाटै सरकारको आलोचना भएको बताए । उनले कम्युनिस्ट पार्टी सामुहिक निर्णयमा चल्ने, विधि र विधानमा चल्ने भएर जनताले विश्वास गर्ने गरेको तर नेतृत्वले केही आसेपासेका सल्लाह र चाकरीका कारण पार्टीलाई समेत बदनाम बनाएको आरोप लगाएर ।

भुषण दाहालसँग कुरा गर्दै रावलले सरकारले आफैले गरेका निर्णयहरुमा अडिक हुननसक्नुले पनि जनतामा विश्वास घटेको बतचाए ।

हेर्नुहोस भिडियो