कर्णाली राजमार्ग व्यक्तिको नाममा
काठमाडौं – कर्णाली राजमार्गको सडक नै व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । कर्णाली राजमार्गअन्तर्गतको गमगढी नाग्मा सडक व्यक्तिको नाममा रहेको पाइएको हो ।
सडकमा पर्ने जग्गा सरकारको नाममा नामसारी नहुँदा जग्गाधनीहरु वर्षौंदेखि राजस्व बुझाउन बाध्य भएका छन् ।
मुगुको छायानाथ रारा नगरपालिकाका १, २, ३, ६ र ७ वडाका करिब ३ सय जग्गाधनीले सडकको नाममा वडा कार्यालयमा राजस्व तिर्दै आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।