के साँच्चै भागेका हुन् त ज्ञानेन्द्र शाही ? खुल्यो बास्तविकता
काठमाडौं – सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही भागेको भनेर धेरै जसो युट्युव च्यानलहरुले सामाग्री सम्प्रेषण गरेपछि यसले बजारमा नयाँ तरङ्ग सृजना गरेको छ ।
बुधबार संबाद चौतारीमा आयोजित अन्तरसंवाद कार्यक्रममा ज्ञानेन्द्र शाही कार्यक्रम नसकिदै स्टेज छोडेर गएपछि विभिन्न खालका युट्युव मिडियाहरुले ‘स्टेज छोडर भागे ज्ञानेन्द्र शाही’ लगाएतमा हेडलाइन राखेर सामाग्री प्रशारण गरेपछि शाही रिसाएका छन् ।
उनले फेसबुक लाइभ गर्दै आफू नभागेको भनेर स्पष्टिकरण दिएका छन् । उनले स्पष्टिकरण दिने क्रममा केही युट्युव च्यानललाई गालिसमेत गरेका छन् । बुधबार नेकपाका नेता पुण्य गौतम र शाहीलाई बोलाएर रवि लामिछानेका विषयमा बोल्न लगाइएको थिया ।
के साँच्चै भागेका हुन् त ज्ञानेन्द्र शाही ? हेर्नुहोस यस्तो छ बास्तविकता ।