विप्लव निकट विद्यार्थी संगठनले गर्यो आन्दोलनको घोषणा, यस्ता छन् आन्दोलका कार्यक्रमहरु

सोमबार, १६ भाद्र २०७६

बझाङ – नेत्रविक्रम चन्द (विप्लव) नेत्रृत्वको नेकपा निकट अखिल क्रान्तिकारी बझाङले विभिन्न खालका आन्दोलनको घोषणा गरेको छ । अखिल क्रान्तिकारी जिल्ला समिति बझाङले एक विज्ञप्ति जारी गर्दै विभिन्न खालका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

अखिल क्रान्तिकारी बझाङ जिल्ला समितिको भर्खरै बसेको बैठकले विभिन्न सरकारी तथा निजी विद्यालयहरुको मनमानी शुल्क बृद्धि फिर्ता, सिटिइभिटिमा लगाइएको मनमानी शुल्कका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सरकारी विद्यालयहरुमा भइरहेको अनियमितताका विरुद्धमा संघर्ष गर्ने, सार्वजनिक यातायातमा विद्यार्थीलाई दिइने सहुलियत दिन छोडेको भन्दै सहुलियत नदिने सवारी साधानमाथि कारवाही गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

त्यस्तै, विभिन्न ठाउँबाट पक्राउ परेका र विद्यार्थीहरु माथिको प्रतिबन्द, दुव्यवहार, झुट्टा मुद्धा, धरपकड गिरप्तारीका विरुद्ध संघर्ष गर्ने जनाएको छ ।

हेर्नुहोस विज्ञप्ति