वीरगञ्जमा गोली चल्यो, कति भयो क्षति ?

बुधबार, १८ भाद्र २०७६

वीरगञ्ज – वीरगञ्ज गोली चलेको छ । पेस्तोल देखाएर भाग्ने एक युवालाई लक्षित गरि प्रहरीले गोली हानेको हो । गोली लागि एक युवा घाइते भएका छन । घाइते उनलाई पहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ इनर्वा स्थायी ठेगाना भएका २६ वर्षीय सन्तोष दास छन् । उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको डीएसपी गौतम थापाले जानकारी दिए ।

गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको डीएसपी थापाले बताए ।

उनको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको डीएसपी थापाले जानकारी दिए ।

सन्तोष दास पहिले आपराधिक क्रियाकलापमा संलग्न रहेको पत्ता लागेको छ । प्रहरीका अनुसार यसअघि एक मुद्दामा उनले करिब १० वर्ष जेल सजायँ भोगेका थिए ।