काठमाडौंको भृकुटीमण्डपमा ठुलो झडप, दर्जनौं घाइते, कस्तो छ अहिलेको अवस्था ?
काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा ठुलो झडप भएको छ । झडपमा परि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरसहितका नेताहरु घाइते भएका छन् ।
बुधबार विहान पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न महेन्द्र पुलिस क्लब पुगेका विद्यार्थी नेताहरुलाई प्रहरीले लाठीचार्ज गरेको थियो।
अनेरास्ववियु संयोजक ऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरुमाथि प्रहरीले कुटपिट गरेपछि झडप भएको थियो । घाइते विद्यार्थीको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।