दूधको मूल्य बढ्यो, अव कति तिर्नपर्छ प्रतिलिटर ?

बिहिबार, १९ भाद्र २०७६

काठमाडौं – सरकारले दूधको मूल्य बढाएको छ । दुधको मुल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको हो । उपभोक्ताले खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको दुग्ध बिकास संस्थानले जनाएको छ ।

दुग्ध बिकास संस्थानका सूचना अधिकारी सुभाष भट्टराईका अनुसार अव हरेक दिन किन्दै आएको दुधमा ६ रुपैयाँ बढिले खरिद गर्नुपर्नेछ । बढेको दूधको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुने उनले जानकारी दिए ।