स्वदेश फर्किदै प्रधानमन्त्री ओली, कति बजे आइपुग्छन नेपाल ?
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन् । स्वास्थ्य उपचार गरी सिंगापुरबाट आज वेलुका स्वदेश फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्याल बताए ।
स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्कने छन् । मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए ।
नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियामार्फत उनको उपचार गरिएको थियो । सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएपछि प्रधानमन्त्री स्वेदश फर्किन लागेका हुन् ।