काठमाडौंमै समातिए पेस्तोलसहित सात जना

शनिबार, २१ भाद्र २०७६

काठमाडौं – काठमाडौंको माछापोखरीबाट प्रहरीले पेस्तोल र गोलीसहित सात जनालाई पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ बजे प्रहरीले गुण्डागर्दीमा संलग्न रहेका सात जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

पक्राउ परेकाहरूको पहिचान खुलाइएको छैन। पेस्तोलसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहको बोगटीले बताएका छन् । माछापोखरी र बालाजु क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।