नेपाली जनतालाई खुशिको खवर, सरकारले गर्यो पहिलो पटक जनपक्षीय निर्णय
काठमाडौं – नेपाली जनताका लागि दशैंको मुखमा खुशिको खवर छ । हरेक पटक दशैंमा बढ्दै आएको सार्वजनिक यातायातका भाडा यो पटक नबढ्ने भएको छ । आसन्न दशैं–तिहार सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ ।
सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ । व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दशैंअघि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो ।
‘विगतभन्दा पहिले यातायात व्यवसायी धेरै जिम्मेवार देखिनुभयो,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने,‘दसैं अगाडि भाडा वृद्धि हुँदैन ।’ यो समाचार कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।