पूर्वसभासदले सार्वजनिक गाडीमै जोसमा होस गुमाएपछि..
काठमाडौं – सार्वजनिक यातायातमा मनलाग्दी गर्ने एक पूर्व सभासद पक्राउ परेका छन् । बसमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद योगेन्द्र घिसिङ पक्राउ परेका हुन् ।
रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाने बसमा उनले क्याम्पस पढ्ने २१ वर्षकी युवतीमाथि यौन दुव्र्यवहार गरेपछि स्थानीयले कब्जामा लिएर प्रहरीलाई बुझाएका थिए । उनीमाथि अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर ललितपुरमा प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।